Pledge

Kasthamandap > Pledge -->

काष्ठमण्डप (मरु सतः) पुनर्निमाण घोषणा सभामा सहभागी हुन आह्वान

यही वैशाख १२ गते भूकम्प गएको दुई वर्ष पुग्छ त्यस भूकम्पबाट नेपालमा अपूरणीय क्षति भएको करिब हजारको ज्यान गएको भने धनसम्पत्तिको क्षति कति भयो भन्ने अनुमानसम्म पनि गर्न सकिएको छैन भूकम्पबाट हजारौं पुरातात्विक महत्त्वका सांस्कृतिक धार्मिक सम्पदा पनि क्षति ग्रस्त भएका छन् क्षतिग्रस्त सम्पदामा विश्व सम्पदामा रहेका अमूल्य धरोहरसमेत रहेका छन् तर, यिनको पुनर्निमाण भने अपेक्षित गति शैलीमा हुन सकेन जनताले सरकारको मुख ताक्ने सरकारका प्राथमिकता अरू नै हुने गरेकाले पनि यसरी अमूल्य सम्पदा अलपत्र छाडिएको हुनसक्छ यस्तो अवस्था लामो समयसम्म रहनु पुर्खाहरूको अपमान हो भने सन्नतिको नासो संरक्षण गर्ने कर्तव्यमा चुक्नु पनि हो यसैले पुर्खाले जस्तै सम्पदाको पुनर्निमाणमा हामी जनता अगाडि सरौँ राज्यलाई जनताका घर सार्वजनिक भवनहरू निर्माणमा ध्यान केन्द्रित गर्न सहयोग गरौँ

काष्ठमण्डपलगायतका धरोहर हाम्रा पूर्खाले सन्ततिका लागि निर्माण गरेर छाडेका अमूल्य जीवन्त सम्पदा हुन् यसैले तिनको निरन्तरता धार्मिक सांस्कृतिक महत्त्व परम्परासहित मौलिकता जोगाउनु हामी जनताको पनि कर्तव्य हो हाम्रा पुर्खाले छाडेर गएको सम्पत्ति हाम्रो हो भनेर गर्व गर्ने हामी सबैले तिनको रक्षाको दायित्व पनि भनेर बिर्सन मिल्दैन यसैले काष्ठमण्डपको पुनर्निर्माण हाम्रा पुर्खा, परम्परा सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक दायित्व हो हाम्रो कर्तव्य दायित्व दुवै भएकाले काष्ठमण्डपको पुनर्निमाण गर्न पाउनु हाम्रो अधिकार पनि हो

काष्ठमण्डपलगायतका सम्पदा स्थानीय जनताको जीवन शैलीमा अभिन्नरूपमा जोडिएका छन् यस्ता सम्पदाविना यहाँको स्थानीय जीवनशैली जीवन्त हुनै सक्तैन अर्थात्, काष्ठमण्डप हाम्रो पहिचान जीवन पनि हो यसैले हामीलाई हाम्रो जीवनशैली पहिचानको रक्षा गर्ने अनुष्ठानमा कसैले पनि रोक्न सक्तैन हामी यस पवित्र अनुष्ठानमा सहभागी हुन नेपालको मौलिक सभ्यताप्रति गर्व गर्ने संसारभरका सबै नेपालीलाई हार्दिक आह्वान गर्छौँ

आउनुहोस्, यही वैशाख १२ गते काष्ठमण्डप परिसरमा हुने घोषणा सभामा सहभागी भएरहाम्रो काष्ठमण्डप हामी आफै पुनर्निमाण गर्छौँ   भन्ने प्रण गरौँ जीवित देवी कुमारीका सामु काष्ठमण्डप पुनर्निर्माण गर्न हामी जनसहभागिता जुटाउन सम्पदा पुनर्निर्माणका सबै मूल्य मान्यता मापदण्ड पालना गरी पारदर्शी तथा उचितरूपमा पुर्ननिर्माण कार्य गर्नेछौँ भनेर गरिने शपथ ग्रहण समारोहमा उपस्थित हुन हामी सबै नेपालीलाई आह्वान गर्छौँ शपथ ग्रहण समारोह भूकम्प गएकै समय पारेर वैशाख १२ गते ११ बजे ५६ मिनेटमा जीवित देवी कुमारी समक्ष हुनेछ

Pin It